समाचार

काठमाण्डाै महानगरले सहायता कक्षमा साङ्केतिक भाषाको अनुवादक राख्ने

८ पुष २०८०, आईतवार ०१:५०
काठमाण्डाै महानगरले सहायता कक्षमा साङ्केतिक भाषाको अनुवादक राख्ने

८ पुस, खोटाङ। काठमाडौँ महानगरपालिकाले केन्द्रीय कार्यालयमा रहेको सहायता कक्षमा साङ्केतिक भाषाको अनुवादक (दोभासे) राख्ने भएको छ ।

बुझाइका कारण कुनै पनि सेवाग्राही सेवाबाट वञ्चित हुनु नपरोस् भनेर काठमाण्डाै महानगरले दाेभासे राख्न लागेकाे हाे।’नागरिकलाई समावेशी र पहुँचयुक्त सरकारको प्रत्याभूति गर्न हामीले सामाजिक क्षेत्रका कार्यक्रममा विशेष प्राथमिकता दिएका छौँ,’काठमाडौँ महानगरपालिका सामाजिक समिति संयोजक रामकुमार केसीले भन्नुभयो ।

उनका अनुसार साङ्केतिक भाषामा मात्र कुरा बुझ्ने सेवाग्राहीले महानगरकाे सेवाबाट वञ्चित हुन नपरोस् भनेर यस्ताे किसिमको व्यवस्था गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्