समाचार

विपीन जोशीको रिहाइका निम्ति कूटनीतिक प्रयास जारी छ : परराष्ट्रमन्त्री

७ पुष २०८०, शनिबार १४:१७
विपीन जोशीको रिहाइका निम्ति कूटनीतिक प्रयास जारी छ : परराष्ट्रमन्त्री

७ पुस,काठमाडौँ। परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले आतङ्कवादी समूह हमासको अपहरणमा परेका विपीन जोशीको सकुशल मुक्तिका लागि सरकारले निरन्तर कूटनीतिक प्रयास गरिरहेको बताएका छन् ।

न्यूज लाइन्स मिडियाको आठौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘समुन्नत नेपाल निर्माणमा सञ्चारमाध्यमको भूमिका’ विषयको गोष्ठीमा उनले सो कुरा बताएका हुन् ।

प्रजातन्त्र पुनःस्थापनापछि नेपाली पत्रकारिता क्षेत्रमा क्रान्तिकारी परिवर्तन आएको बताए । उनले २०४७ सालदेखि नेपाली पत्रकारिता क्षेत्रमा ठूलो परिवर्तन आएको जिकिर गरे  ।

“प्रजातन्त्र पुनःस्थापनापछि नेपाली पत्रकारिता  संस्थागत भएको छ, प्रजातान्त्रिक मुलुकमा पत्रकारितालाई चौथो अङ्गका रुपमा राज्यले मान्यता दिएको छ”, परराष्ट्रमन्त्रीले भने । उनले संविधान जारी गरेपछि  तीनै तहको निर्वाचन गरेर  सरकार लोकतन्त्रलाई सुदृढ तुल्याउन क्रियशाील भएको बताए  ।

प्रतिक्रिया दिनुहोस्