समाचार

माओवादीको सम्मेलनमा ११ दललाई निम्ता, ओली नआउने

११ पुष २०७८, आईतवार ०९:०२
माओवादीको सम्मेलनमा ११ दललाई निम्ता, ओली नआउने

११ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा शुरु हुदैछ । यसअघि राष्ट्रिय सम्मेलन भनिएकोमा हिजो बसेको स्थायी कमिटीको निर्णयबाट यसलाई महाधिवेशनमा परिणत गरिएको हो ।

आइतबारबाट शुरु हुने नेकपा (माओवादी केन्द्र)प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटनमा सत्रमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी हुने भए पनि प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओली भने अनुपस्थित रहने भएका छन् ।

अध्यक्ष प्रचण्डले ओलीलाई फोन नै गरेर निम्ता गरे पनि उनी तीन दिन झापामा रहने भएकाले उपस्थित हुन नसक्ने बताएको प्रचण्ड निकट स्रोतले जनाएको छ ।

ढकालका अनुसार सम्मेलनको उद्घाटन समारोहमा ११ राजनीतिक दललाई निम्ता गरिएको छ । १ बजे हुने भनिएको उदघाटन आज अपराह्न ३ बजे मात्र हुने भएको छ ।

महाधिवेशन नेपाल प्रज्ञा प्रतिष्ठानमा कमलादीमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो १ बजे उदघाटन गर्ने छन । महाधिवेशनमा देशभरी तथा अन्तराष्ट्रिय समेत गरी करीव १ हजार ६ सय ३१ जना प्रतिनिधिको सहभागिता रहने जनाइएको छ ।

विचारको नयाँ संश्लेषण गर्दै समाजबादको नयाँ आधार तय गर्ने लक्ष्यसहित माओवादी केन्द्रले महाधिवेशन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्