karnali

कर्णाली र सुदूरपश्चिममा वर्षा, उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

७ पुष २०८०, शनिबार ०१:३९
कर्णाली र सुदूरपश्चिममा वर्षा, उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

७ पुस, काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव  रहेको छ।

दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती भने देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

शनिबार दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा आज दिउँसो हल्का वर्षाको सम्भावना छ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा आज दिउँसो हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राती पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। महाशाखाका अनुसार राति कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने  कोशी, गण्डकी, कर्णाली र सदूर पश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन तथा देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरु अपनाउनु महाशाखाले अनुरोध गरेकाे छ।

प्रतिक्रिया दिनुहोस्