राजनीति

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

५ पुष २०८०, बिहीबार ०१:३३
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

५ पुस, काठमाडौँ। नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बुधबार पनि बस्दैछ । पदाधिकारी बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिए।

मंगलबारको बैठकमा प्रदेशका तर्फबाट रिपोर्टिङ प्रस्तुत गरिएको उनले बताए। बुधबारको बैठकमा विधान अधिवेशन र केन्द्रीय कमिटी बैठकको मिति तय हुने उनले जानकारी दिए।

‘विधान अधिवेशन र केन्द्रीय कमिटीको बैठक एकैपटक माघमा गर्ने गरी छलफल भइरहेको छ। आज बस्ने बैठकले यसबारे निर्णय गर्नेछ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्