समाचार

इजरायली प्रधानमन्त्री भन्छन्– हमासको ‘उन्मूलन’ नभएसम्म युद्धविराम हुँदैन

५ पुष २०८०, बिहीबार ०१:२४
इजरायली प्रधानमन्त्री भन्छन्– हमासको ‘उन्मूलन’ नभएसम्म युद्धविराम हुँदैन

५ पुस, काठमाडौँ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी क्षेत्रमा इजराइली सुरक्षा बलहरूसँग युद्धरत हमासको ‘उन्मूलन’ नभएसम्म गाजामा कुनै युद्धविराम नहुने बताएका छन् ।

उनले बुधबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘निर्धारित सबै उद्देश्य हासिल नभएसम्म हामी युद्ध जारी राख्नेछौँ, हाम्रो उद्देश्य हमासको उन्मूलन, हाम्रा बन्धकहरूको रिहाइ र गाजाबाट खतराको अन्त्य हो ।’

गाजामा सम्भावित युद्धविराममाथि छलफल गर्नका लागि इजिप्टका गुप्तचर प्रमुख अब्बास कामेलसँग कुराकानी गर्न हमास प्रमुख इस्माइल हानियेह बुधबार कायरो गएपछि नेतान्याहुको यस्तो टिप्पणी आएको हो ।

सदस्य राष्ट्रहरूबीच शब्दहरूलाई लिएर भएको खिचातानीले पछिल्ला दुई मतदानमा ढिलाइ भएकाले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा पनि युद्ध रोक्ने प्रस्तावमाथि बुधबार मतदानको तयारी गरिएको कूटनीतिक सूत्रहरूले एएफपीलाई बताएका छन् ।

यद्यपि प्रधानमन्त्री नेतान्याहुले इजराइली सेनाले गाजामा ‘प्रत्येक स्थान’ मा हमासमाथि आक्रमण गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्