समाचार

कपाल झरे के गर्ने ? अपनाउनुहोस् यी उपाय

११ पुष २०७८, आईतवार ०२:०६
कपाल झरे के गर्ने ? अपनाउनुहोस् यी उपाय

काठमाडौं। जवानमै कपाल झर्नु महिला र पुरुषका लागि ठूलो चिन्ताको विषय हो । युवावस्थामै तालु देखियोस् भन्ने पुरुषहरु चाहँदैनन् । पुरुषको कपाल झर्नबाट रोक्नका लागि तालुको भागलाई मसाज गर्दा राम्रो हुन्छ ।

तालुको भागमा राम्रोसँग रक्तसञ्चारका लागि यसको मसाज गर्नुपर्छ । रगतले कपालका जरालाई चाहिने अक्सिजन बोकेको हुन्छ । यसले कपाललाई उमार्न र हुर्काउन मद्दत गर्छ । तसर्थ, नियमित रुपमा तालुको मसाज गर्दा रक्तसञ्चारमा सुधार आउँछ ।

यसका लागि खासगरी तेलले मालिस गर्ने, नरिवलको तेल, अण्डा, एभोकाडो, सुन्तलाको जुस, घ्यू कुमारी, निम, हेन्ना, मह, मरिच, भिनेगर र कागतीको जुसको प्रयोग गर्ने सकिन्छ । राम्रो कपालका लागि खानपानमा पनि ध्यान दिन जरुरी हुन्छ ।

यसका लागि गेडागुडी, खैरो भात खाने, भिटामिन बी कम्प्लेक्स प्रयोग गर्न सकिन्छ । कपाल झर्ने समस्याका कारणहरुमा मनोवैज्ञानिक समस्या, ब्याक्टेरियाको संक्रमण, केमोथेरापी, पौष्टिक तत्वको कमी र हार्मोनमा असन्तुलन हुन सक्छ । यसका साथै तालुको भागमा राम्ररी रक्तसञ्चार नहुँदा पनि कपाल झर्ने  समस्या हुन्छ । पुरुषहरूमा कपाल झर्ने समस्याको घरेलु उपचारहरुमा :

  • कागतीको बीउलाई पिसेर कपाल खुइलिएको ठाउँमा लेप गर्नाले कपाल उम्रिन्छ। 
  • कपाल झर्ने समस्याबाट बच्न नरिवलको तेलमा अलिकति मेथीको दाना हालेर पकाउनुहोस्। त्यसपछि यो तेललाई छानेर बोतलमा राख्नुहोस्। यो तेल नियमित प्रयोग गर्नुहोस्। 
  • कागतीको ताजा बोक्रालाई पानीमा हालेर उमाल्नुहोस्। बोक्रा पूरै नगलुञ्जेलसम्म उमाल्नुहोस्। पछि यो पानीलाई बिस्तारै–बिस्तारै टाउकोमा रगड्नुहोस्। यसबाट टाउकोको पूरै मैला निस्किन्छ तथा कपाल झर्नबाट रोकिन्छ। 
  • कपालमा अमलाको रसले मालिस गर्नुहोस्। खुइलिएको ठाउँमा नयाँ कपाल उम्रिन थाल्नेछ। 
  • कपाल अधिक झर्न थाल्यो भने अफिमलाई गाईको ताजा दूधमा मिसाएर पेस्ट बनाउनुहोस्। नुहाउनुभन्दा दुई घण्टा पहिले लगाउनुहोस्। –लसुनको तेल लगाउनाले कपाल सुक्खा भएको समस्या हट्छ र कपाल झर्न रोकिन्छ। 
  • काउली र बन्दा नियमित खानाले कपाल झर्न कम हुन्छ। 
  • मासको दाललाई उमालेर सिलौटामा पिस्नुहोस्। त्यो लेप टाउकोमा लगाउनुहोस्। 
  • एक सय ग्राम नीमको पातलाई एक लिटर पानीमा उमाल्नुहोस्। त्यस पानीले टाउको धुनुहोस्। टाउकोमा आएका फोका हट्नेछन् साथै खुइलिएको भागमा कपाल उम्रिन थाल्नेछ। टाउको धोइसकेपछि नीमको तेल लगाउनुहोस्। 
  • अनारको पात पिसेर टाउकोमा लेप गर्नाले खुइलिएको स्थानमा कपाल पलाउँछ। 

प्रतिक्रिया दिनुहोस्