समाचार

रुकुम पश्चिमको आठबीसकोटमा ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु

५ पुष २०८०, बिहीबार ०१:०४
रुकुम पश्चिमको आठबीसकोटमा ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु

५ पुस, काठमाडौँ। रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा ट्रयाक्टर दुर्घटना  हुँदा पाँचजनाको मृत्यु भएको छ । 

गएराति साढे १० बजेको समयमा आठबीस नगरपालिका-१० को इजाखोला नजिक रा १ त १४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एकै गाउँका पाँच जनाको मृत्यु भएको हो । 

प्रहरीका अनुसार आठबीसकोट-१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया लुकी शाही, ५२ वर्षीय भर्दर सार्की, ४८ वर्षीय धनराम सार्की  र ४७ वर्षीया निर्मला सार्कीको मृत्यु भएको छ । दुर्घटनामा कम्तिमा ८ जना घाइते भएका छन्। 

आठबीसकोट नगरपालिकाको राडिबाट घर्ती गाउँ जाँदै गरेको ट्याक्टर घुम्ती सडकमा मोड्न खोज्दा दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।  नेपाल प्रहरी, नगर प्रहरी र स्थानीयको सहयोगमा घाइतेहरूको गएराति नै उद्धार गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्