४ पुस, डडेल्धुरा। डडेल्धुरामा जीप दुर्घटना भएको छ । बुधबार बेलुका जिल्ला सदरमुकामबाट भागेश्वरतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०४–००१च१८८ नम्बरको जीप अमरगढी नगरपालिका–२ स्थित आइतबजार नजिक दुर्घटनामा भएको हो ।
दुर्घटनामा परि अमरगढी नगरपालिका ८ बस्ने ४० वर्षका दानबहादुर ओलीको मृत्यु भएको हो । दुर्घटनामा नवदुर्गा गाउँपालिका ९ बस्ने ३० वर्षका दीपक बुढाऐर र नवदुर्गा ४ बस्ने २७ वर्षका दीपेन्द्र बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक कुमार कार्कीले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका नवदुर्गा गाउँपालिका– ९ बस्ने दीपक बुढाऐर र नवदुर्गा ४ बस्ने दीपेन्द्र बोहराको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना के कति कारणले भयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।