समाचार

दाँतको रोगी हुनबाट बच्न के गर्ने ?

११ पुष २०७८, आईतवार ०१:३२
दाँतको रोगी हुनबाट बच्न के गर्ने ?

काठमाडौं। कतियको समस्या हुन्छ, दाँतबाट रगन बग्ने । सास गन्हाउने । पाइरियाको कारण पनि यस्तो हुन्छ । दाँतको उचित रेखदेख नगरेमा पाइरियाको संभावना रहन्छ ।

दाँतले खानेकुरा चपाउँछ, सबैलाई थाहा भएकै कुरा हो । दाँतको साइनो खानेकुरा चपाउनसँग मात्र छैन । यो शरीरको यस्तो अंग हो, जसले सौन्दर्यसँग पनि साइनो राख्छ ।

अधिकांश मानिसहरु दाँतलाई राम्रोसँग सफा गरिरहेका हुँदैनन् । सानो लापरबाहीको कारणले दाँतमा अनेकौँ रोगहरु उत्पन्न हुने गर्दछन् ।दाँतमा उत्पन्न हुने मुख्य रोगहरुमा दाँत दुख्नु, जरा कमजोरी हुनु, दाँतबाट रगत आउनु आदि पर्दछन् भने कतिपय मानिसमा दाँत सफा गर्दागर्दै पनि विभिन्न समस्याहरु देखिने गर्छ ।

  • शरीरले पचाउने खानेकुरा मात्र खानुहोस् । नपच्ने तथा नसहने चिजहरु सेवन नगर्नुहोस् ।
  • गाँजर, पालक, टमाटर, अलैँचीको प्रयोग सकेसम्म सधैँ गर्नुहोस् ।
  • कठोर चिजहरु दाँतले नचपनाउनुहोस् ।
  • भिटामिन बी तथा सी युक्त पदार्थहरुको सेवन गर्ने बानी बसाल्नुहोस् ।
  • साह्रै तातो र साह्रै चिसो वस्तुहरु सेवन नगर्नुहोस् ।
  • बिहान र बेलुका दन्तमञ्जन गर्न नबिर्सनुहोस् ।

प्रतिक्रिया दिनुहोस्