अर्थ / वाणिज्य

महालक्ष्मी विकास बैंकले घोषणा गर्यो नगद लाभांश

४ पुष २०८०, बुधबार ०६:४३
महालक्ष्मी विकास बैंकले घोषणा गर्यो नगद लाभांश

४ पुस, काठमाडौं । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छ ।

बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई करसहित ६.४० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्। गत वर्ष भने बैंकले ४ प्रतिशत बोनस सेयर र ६.४७ प्रतिशत नगद गरी कुल १०.४७ प्रतिशत लाभांश वितरण गरेको थियो।

कम्पनीले साधारणसभा र बोनस प्रयोजनका लागि बुक क्लोज मिती भने तय गरेको छैन । बैंकले आव २०७८/७९ मा  पनि १०.४७ प्रतिशत तथा आव २०७७/७८ मा २१.०५२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

गत वर्षको तुलनामा कम्पनीको लाभांश दर घटेको छ भने कम्पनीले नगदमा जोड दिएको छ।

प्रतिक्रिया दिनुहोस्