४ पुस, काठमाडौं । एक समय तीनजना बलिया दाबेदारहरु देखिएको नाडा अटोमोबाइल्स एसोसियसनमा सर्वसम्मतिले नेतृत्व चुनिने भएको छ ।
यसपछिको तीन कार्यकालसमेतलाई भावी अध्यक्षको प्रबन्ध गर्दै नेतृत्वमा सर्वसम्मति गरिएको हो । नाडाका पदाधिकारी लगायहरुको लामो कसरतपछि यसपछिको तीन कार्यकालसमेतलाई भावी अध्यक्षको प्रबन्ध निश्चित गरिएको छ । यसले आगामी तीन कार्यकालसम्म अध्यक्ष पदका लागि चुनाव नहुने निश्चित बनेको छ । कार्यसमितिका अन्य पदहरुमा भने सहमति हुन बाँकी नै छ ।
नाडाको अध्यक्षमा पछिल्लो समय करण चौधरी, आकाश गोल्छा र प्रकाश कपुरीले दाबीदारी कायम राखेका थिए । यसअघि सिप्रदी ट्रेडिङका राजनबाबु श्रेष्ठले चुनावका लागि लामो कसरत गरेपछि अन्तिम समयमा चुनाव नउठ्ने घोषणा गरेका थिए ।