खेलकुद

दक्षिण अफ्रिकाले भारतलाई ८ विकेटले हरायो, जोर्जीको शतकीय इनिङ

४ पुष २०८०, बुधबार ०१:३६
दक्षिण अफ्रिकाले भारतलाई ८ विकेटले हरायो, जोर्जीको शतकीय इनिङ

४ पुस, काठमाडौं। दक्षिण अफ्रीकाविरुद्धको दोस्रो वनडे इन्टरनेशनल प्रतिस्पर्धामा भारतीय टीम ८ विकेटले पराजित भएको छ ।

मंगलवार राति गक्बेरहाको सेन्ट जर्ज पार्कमा खेलिएको यो खेलमा दक्षिण अफ्रीका विजयी हुँदै तीन खेलको श्रृंखलामा १–१ को बराबरी गरेको छ । अब तेस्रो तथा निर्णायक प्रतिस्पर्धा भोलि बिहीवार पार्लमा खेलिँदैछ ।

दोस्रो खेलमा भारतले दिएको २ सय १२ रनको लक्ष्य दक्षिण अफ्रिकाले ४२.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि ओपनिङ ब्याटर टोनी डे जोर्जीले शतकीय इनिङ खेले । उनले १२२ बलमा ९ चौका र ६ छक्कासहित अविजित ११९ रन बनाए ।

यो सामान्य लक्ष्य पछ्याउन मैदानमा उत्रिएको दक्षिण अफ्रीकाको टोलीले दुई विकेट गुमाएर ४२.३ ओभरमै यो खेल जित्न सफल भयो ।
अफ्रीकी इनिङमा टोनी डी जोर्जीले १२२ बलमा ११९ रनको अविजित शतकीय इनिङ खेले । आफ्नो यो इनिङमा टोनीले ६ छक्का तथा ९ चौका प्रहार गरेका थिए । यो उनको वनडे करियरको पहिलो शतक हो । उनी बाहेक रीजा हेन्ड्रिक्सले ८१ बलमा ५२ रन बनाए ।

भारतको तर्फबाट कुनै पनि बलरले अफ्रीकी ब्याट्सम्यानमाथि दवाव बनाउन सकेनन् । अर्शदीप सिंह तथा रिंकू सिंहले समान एक विकेट लिए ।दक्षिण अफ्रिकाका लागि नान्द्रे बर्गरले तीन, ब्यूरन हेन्ड्रिक्स र केशव महाराजले दुई/दुई तथा कप्तान एडेन मार्कम र लीजाड विलियम्सले एक/एक विकेट लिए । दक्षिण अफ्रिका र भारतबीचको निर्णायक तथा तेस्रो खेल बिहीबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्