समाचार

काठमाडौंका यी क्षेत्रमा हुनेछ आजदेखि चार दिन विद्युत् आपूर्ति बन्द

४ पुष २०८०, बुधबार ०१:३२
काठमाडौंका यी क्षेत्रमा हुनेछ आजदेखि चार दिन विद्युत् आपूर्ति बन्द

४ पुस, काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले आजदेखि चार दिन काठमाडौंका विभिन्न ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ ।

महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत् सेवा अवरुद्ध गर्नु परेको प्राधिकरणले जनाएको छ ।

बुधबार (आज)  चपली तथा बूढानीलकण्ठ क्षेत्र, बिहीबार गोंगबु बसपार्क क्षेत्र, शुक्रबार चपली तथा हात्तीगौंडा र शनिबार चपली, बूढानीलकण्ठ तथा पासीकोट क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ ।

बिहान ९ः३० देखि दिउँसो २ बजेसम्प विद्युत आपूर्ति बन्द हुनेछ ।

प्रतिक्रिया दिनुहोस्