समाचार

एनसेल प्रकरणमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

३ पुष २०८०, मंगलवार ०९:०३
एनसेल प्रकरणमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

३ पुस, काठमाडौं । सर्वोच्च अदालतले एनसेलको शेयर खरिदबिक्री भएको विषयमा दायर भएको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश राउतले उक्त रिटमा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश दिएका छन् ।

प्रतिनिधि सभा सदस्य सिंहले एनसेल एक्जियाटा लिमिटेड कर्पोरेट कार्यालय काठमाडौं, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिँहदरबार, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, र आन्तरिक राजस्व विभाग ठूला करदाता कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थियो ।

आज (मंगलबार) सुनुवाइका लागि न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा परेको उक्त रिटमा कारण देखाउ आदेश जारी गर्दै छलफलको लागि बोलाइएको छ । सर्वोच्चले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा आगामी पुस १६ गते बोलाएको छ ।

प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले गत मंसिर २२ गते शुक्रबार  दायर गरको उक्त रिटमा मंगलबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतले सो आदेश दिएका हुन् ।

सांसद सिंहले एनसेल शेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको शेयर खरिदबिक्री भएको सांसद सिंहले रिट निवेदनमा उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्