समाचार

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

१० पुष २०७८, शनिबार १५:११
मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

१० पुस, झापा । कचनकवल गाउँपालिका–२ स्थित सडकखण्डमा भएको सवारी दुर्घटना एक जनाकाे मृत्यु भएको छ। दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन।

शनिबार दिउँसो साढे बाह्र बजे डब्लु बी ७४प ९७१७ नम्बरको मोटरसाइकल र मे४प ९५०० नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका २७ वर्षीय शिवलाल माझी, ४४ वर्षीय सजन राजवंशी र ४० वर्षीय शेषलाल राजवंशीको ओमसाई पाथीभरा अस्पताल भद्रपुर लगिएको थियो।

घाइते दुवैको ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्