समाचार

मौसम: पश्चिमी वायुको प्रभाव

२ पुष २०८०, सोमबार ०१:०८
मौसम: पश्चिमी वायुको प्रभाव

२ पुष,काठमाडौँ। पश्चिमी वायुको आंशिक प्रभावका कारण मुलुकका अधिकांश भेगमा आंशिक बदली रहने छ । तराईका केही स्थानमा आज पनि हुस्सु र कुहिरो लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

महाशाखाका अनुसार उच्च भेगमा हिमपात हुने छ । देशभरिको तापक्रम घट्ने क्रममा रहेकाले यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम १८ डिग्रीसम्म पुग्ने महाशाखाको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्