मनोरञ्जन

साउथ इन्डियन फिल्म ‘हिटम्यान’ मा आँचल

१० पुष २०७८, शनिबार १४:५६
साउथ इन्डियन फिल्म ‘हिटम्यान’ मा आँचल

काठमाडौं । अभिनेत्री आँचल शर्माले साउथ इन्डियन फिल्ममा डेब्यू गरेकी छन् । अभिनेत्री आँचलले नेपालमा १५ दिनसम्म छायांकन गरिएको तेलुगु फिल्म ‘हिटम्यान’मार्फत् साउथ इन्डियन फिल्ममा डेब्यू गरेकी हुन् ।

काठमाडौं र पोखरामा छायाङ्कन गरिएको ‘हिटम्यान’मा आँचलले मुख्य भूमिकामा अभिनय गरेकी हुन् । फिल्ममा आँचलले नेपालीमै संवाद बोलेकी बताइएको छ । ‘हिटम्यान’मा आँचलको अपोजिटमा तेलुगुस्टार विष्णु अधिकारी रहेका छन् । विष्णु फिल्मको निर्देशकसमेत हुन् ।

उताको कलाकार सँग आफ्नो अनुहार मिल्ने भएपछि तेलेगु फिल्ममा काम गरेको शर्माको भनाइ छ । दीपक अधिकारीले निर्माण गरेको यो फिल्मलाई वाईएस शेखरले छायांकन गरेका छन् । यो फिल्मको प्रिमियर हैदराबादमा हुँदै छ । जहाँ आँचल पनि सहभागी हुनेछिन् । हिटम्यानको नेपालमा ११ दिनसम्म छायांकन गरिएको थियो ।

नेपाल र भारतमा छायाङ्कन गरिएको यस फिल्मको नेपालको दृश्यमा अभिनेत्री आँचल देखिने छन् । अभिनेत्री आँचलले आफ्नो अनुहार उताका कलाकारको अनुहारसँग मिल्ने भएकाले फिल्ममा काम गरेको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्