समाचार

इजरायली सेनाको आक्रमणमा निधन भएका पत्रकारको बिदाइ, तस्वीरहरू

१ पुष २०८०, आईतवार ०७:४८
इजरायली सेनाको आक्रमणमा निधन भएका पत्रकारको बिदाइ, तस्वीरहरू

१ पुष,काठमाडौँ। इजरायली ड्रोन आक्रमणमा मारिएका अल जजीराका ४५ वर्षीय पत्रकार समेर अबुदाकालाई दक्षिणी गाजामा अन्त्येष्टि गरिएको छ।

शनिबार उनको खान युनिस शहरमा अन्त्येष्टि गरिएको थियो। अबुदाकाका परिवार, साथीभाइ र सहकर्मीहरूले उनको शवलाई आँसुले बिदाइ गरे।

गाजामा अल जजिरा अरेबिकका क्यामेराम्यान अबुदाका खान युनिसको फरहाना स्कूलमा रिपोर्टिङ गर्ने क्रममा मारिएका थिए। अघिल्लो इजरायली बमबारीमा आफ्नी श्रीमती, छोरा, छोरी र नाति गुमाएका उनका सहकर्मी अल जजीरा अरबी संवाददाता वेल दहदौह घाइते भएका थिए।

गाजाका पत्रकारहरूले निरन्तर युद्धको बीचमा विश्वका लागि सुचना संकलन गरिरहेका छन्।  इजरायली आक्रमणहरूको बाबजुद पनि आफूले काम गरिरहनेदहदौहले बताएका छन्। ‘हामी व्यावसायिकता र पारदर्शिताका साथ हाम्रो कर्तव्यलाई निरन्तरता दिनेछौं’, उनले शोकका बीच भने।

अक्टोबर ७ पछि मारिने उनी ५९ औं प्यालेस्टिनी पत्रकार हुन् भने हालसम्म गाजामा इजरायलको आक्रमणमा ६६ जना पत्रकारहरूले ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्