समाचार

माओवादीले भोलिदेखि हुने राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने

१० पुष २०७८, शनिबार १४:२२
माओवादीले भोलिदेखि हुने राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने

१० पुस, काठमाण्डाै । नेकपा माओवादी केन्द्रले भोलिदेखि काठमाण्डौमा सुरु हुने भनिएको राष्ट्रिय सम्मेलनलाई सिधै महाधिवेशनमा लैजाने निर्णय गरेको छ ।

आज साँझ पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सम्मेलनलाई महाधिवेशनका रुपमा सम्पन्न गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले जानकारी दिए । उनका अनुसार भोलि बस्ने केन्द्रीय कमिटी बैठकले यसबारे औपचारिक निर्णय गर्नेछ ।

पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलन नगरि आठौँ महाधिवेशन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्