समाचार

कहाँ, कस्तो छ आजको मौसम ?

३० मंसिर २०८०, शनिबार ००:५८
कहाँ, कस्तो छ आजको मौसम ?

३० मंसिर,काठमाडौँ।  आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आज राति लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम  सामान्यतया सफा रहनेछ भने गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपात हुन सक्छ ।

चिसो दिनदिनै बढिरहेकाले यसबाट जोगिने उपायहरू अपनाउन महाशाखाले सबैलाई अनुरोध पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्