खेलकुद

यूएइ र बंगलादेश यू १९ एसिया कपको फाइनलमा, भारत र पाकिस्तान सेमिफाइनलमा पराजित

३० मंसिर २०८०, शनिबार ००:४२
यूएइ र बंगलादेश यू १९ एसिया कपको फाइनलमा, भारत र पाकिस्तान सेमिफाइनलमा पराजित

३० मंसिर,काठमाडौँ। युएई र बंगलादेश जारी एसीसी यू-१९ एशिया कपको फाइनलमा पुगेका छन् । शुक्रबार भएको सेमिफाइनलका खेलमा युएईले पाकिस्तानलाई र बंगालदेशले भारतलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् ।

शुक्रबार भएको सेमिफाइनलमा यूएईले पाकिस्तानलाई ११ रन तथा बंगलादेशले भारतलाई ४ विकेटले हराए । भारतले दिएको १८९ रनको लक्ष्य बंगलादेशले ४२.५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । विजयी टोलीका अरिफुर इस्लामले ९४ र निहारार अमिकले ४४ रन बनाए । त्यसअघि मारुफ मिरिढा तथा रोहानास दौहाल्हाद र शेखले २/२ विकेट लिएपछि ४२.४ ओभरमा १८८ रनमा अलआउट भए ।

अर्को खेलमा १९४ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४९.३ ओभरमा १८२ रनमा अलआउट भयो । पहिला ब्याटिङ गरेको यूएईले सबै विकेट गुमाएर ४७.५ ओभरमा १९३ रन जोडेको थियो । त्यसका लागि कप्तान आयाद अपजल खानले ५५, अर्यांस शर्मले ४६ र इथानले ३७ रन बनाए ।

पाकिस्तानका कप्तान साद बाइतले ५० र अजान अबाइसले ४१ रन जोडेपछि विजयी बन्न सकेनन् । पाकिस्तानका भरपर्दा तीन ब्याट्सम्यान रनआउटका शिकार भएका थिए । युएईका एहमान अहमद र हार्दिक भाइलले २/२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्