खेलकुद

युरोपा लिग : बेल्जियममा लिभरपुलको हार

२९ मंसिर २०८०, शुक्रबार ०१:५१
युरोपा लिग : बेल्जियममा लिभरपुलको हार

२९ मंसिर, काठमाडौं। युवा खेलाडी उतारेको लिभरपुलले बिहीबार युरोपा लिगको आफ्नो अन्तिम लिग खेलमा युनियन सेन्ट गिलोससँग २–१ को हार बेहोरेको छ ।

भिल्लारियलले भने रेनेसलाई स्तब्ध बनाउँदै प्रतियोगिताको अन्तिम १६ को यात्रा तय गरेको छ । समूह ‘ई’ विजेता भइसकेको लिभरपुलले बेल्जियममा भएको खेलमा सुरुबाट २० वर्षमुनिका ६ खेलाडीलाई उतारेको थियो । यस सप्ताहन्त इंग्लिस प्रिमियर लिगमा लिभरपुलले म्यानचेस्टर युनाइटेडको सामना गर्दैछ ।

भिल्लारियलले भने फ्रान्समा ३–२ को जित निकालेको हो । लिग चरणको अन्तिम अन्य खेलमा रोमाले सेफिर तारास्पोललाई ३–०, वेस्ट ह्यामले फ्रेबर्गलाई २–०, ब्राइटनले मार्सेलाई १–० र रेन्जर्सले रियल बेटिसलाई ३–२ ले हरायो ।

प्रतिक्रिया दिनुहोस्