दक्षिण अफ्रिकाका डेविड मिलरले सर्वाधिक ३५ रन बनाए। एडेन माक्ररम २५ रन बनाए। अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन।भारतका कुलदीप यादवले ५ विकेट लिए। रविन्द्र जडेजाले दुई, मुकेश कुमार र अर्शदीप सिंहले एक एक विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १ रन बनायो। भारतका सूर्यकुमार यादवले ५६ बलमा एकसय रनमा अविजित रहे। यशस्वी जैसवाल ६० र रिंकु सिंह १४ रनमा आउट भए। अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन्। दक्षिण अफ्रिकाका केशव महाराज र लिजार्ड विलियम्सले समान दुई विकेट लिए।
पहिलो खेल वर्षाको कारण रद्ध भएको थियो । दोस्रो खेलमा दक्षिण अफ्रिका ५ विकेटले विजयी भएको थियो। अव यी दुई देशबीच तीन ओडिआई र दुई टेस्ट खेलको सिरिज हुनेछ। पहिलो ओडीआई आइतबार हुनेछ।