समाचार

कतारले माग्यो नेपाली कामदार

१० पुष २०७८, शनिबार ०३:०३
कतारले माग्यो नेपाली कामदार

९ पुस, काठमाडौं। कतारको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । कतारको दोहा सहरमा रहेको warriors sports center कम्पनीले विभिन्न पदका लागि ३ पुरुष नेपाली कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब खान बस्न सहित ७२ हजार माथिदेखि ८२ हजार माथिसम्म पाउनेछन् । इच्छुक कामदारले हेल्प ओभरसिज प्रालिको कार्यालय रिङरोड नयाँबाटो चोक ललिपुरमा पुष १६ गते अन्तरवार्ता दिनु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्