समाचार

थमन विक हत्या प्रकरण: सात जनालाई जन्मकैद, एमाले सांसद कोइरीले पाए सफाइ

२८ मंसिर २०८०, बिहीबार १४:२६
थमन विक हत्या प्रकरण: सात जनालाई जन्मकैद, एमाले सांसद कोइरीले पाए सफाइ

२८ मंसिर, काठमाडौं। सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा नेकपा (एमाले) का सांसद लक्ष्मी कोइरी महतोले सफाइ पाएका छन्।

 जिल्ला अदालत महोत्तरीले कोइरीसँगै पवन कापरलाई सफाइ दिने आदेश सुनाएको हो । महोत्तरी जिल्ला अदालतले बिकको हत्या मुद्दामा लोसपाका प्रदेश सांसद अभिराम शर्मालाई भने जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासले त्यस्तो आदेश सुनाएको हो ।

न्यायाधीश भट्टराईको इजलासले प्रदेश सांसद शर्मासँगै प्रदीप साह, सञ्जयकुमार साह, मोहन ठाकुर, रामाशंकर मिश्र, सुरेन्द्र पाण्डे र धर्मेन्द्र रायलाई कर्तव्य ज्यान मुद्दामा ज्यानसम्बन्धी कसुर गरेकोले सोही १३(३) बमोजिम जन्मकैद सजाय सुनाएको छ । फरार रहेका प्रतिवादीहरुको हकमा मुल्तवी गरिएको छ । यो प्रकरणमा १९ जना फरार छन् ।

प्रदेश सभा सदस्य तथा लोसपा संसदीय दलका नेता अभिराम शर्मा, प्रदीप साह माझी, संजय साह, शंकर साही, सुरेश पाण्डेय र धम्रेन्द्र रायलाई जन्मकैदको फैसला सुनाइएको हो।

न्यायाधीश उद्धवप्रसाद भटराईको एकल इजलासले फैसला गरेको हो। विकको कर्तव्य ज्यान मुद्दामा मुख्य आरोपी पवन कापर र प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोले सफाइ पाएका छन्।

२०७२ भदौ २५ गते मधेस आन्दोलनका क्रममा आन्दोलनकारीको तर्फबाट घाइते भएका सशस्त्र प्रहरीका असई विकलाई उपचारको लागि जलेश्वरबाट जनकपुर लग्दै गर्दा एम्बुलेन्सबाट थुतेर कुटपिट गरी हत्या गरेको भन्दै २८ जनामाथि ज्यान मुद्दाको अभियोग लागेको थियो।

प्रतिक्रिया दिनुहोस्