राजनीति

चन्द्र शाहीले कृषि मन्त्रीको शपथ खाए

३० कार्तिक २०७८, मंगलवार १३:३९
चन्द्र शाहीले कृषि मन्त्रीको शपथ खाए

३० कार्तिक, सुर्खेत ।कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मंगलबार उनले भुमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा चन्द्र शाहीलाई नियुक्त गरेका हुन् ।

यसअघिसम्म आन्तरिक मामिला तथा कानुन मन्त्रीका लागि सिफारिस गरिएका नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता समेत रहेका शाहीले कृषि मन्त्रीको शपथ खाएका हुन् । प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्  ।

शाही नेपालको संविधानको धारा २६८ को उपधारा ९ बमोजिम मन्त्रीमा नियुक्त भएका हुन्। यसअघि मुख्यमन्त्री जीवनबहादुर शाहीको सचिवालयले शाहीलाई कानुन मन्त्रीमै नियुक्त गरिएको दाबी गरेको थियो । तर उनले कृषिमन्त्री हुने भए मात्रै शपथ खाने अडान लिएपछि सोही अनुसार कृषि मन्त्रालयको जिम्मेवारीसहित शपथ ग्रहण गरिएको हो ।

उनले कर्णालीका नागरिकको जनजिविकासँग जोडिएको कृषि मन्त्रालय सम्हालेर किसानका लागि केही गर्ने सोच रहेको बताएर शपथ खाएका बताइएको छ । तर धेरैले आन्तरिक मामिलाभन्दा कृषि मन्त्रालय अनुदानसँग जोडिएकाले मालदार मन्त्रालयको जिम्मेवारी लिएको दाबी गरेका छ्न ।

प्रतिक्रिया दिनुहोस्