समाचार

बालक अपहरण गर्ने भारतीय युवक पक्राउ

१० पुष २०७८, शनिबार ०२:३९
बालक अपहरण गर्ने भारतीय युवक पक्राउ

१० पुस, काठमाडौं । १४ महिने बालकको अपहरण गरेर भारततर्फ भाग्दै गरेको अवस्थामा एक युवकलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यको सितामढी ग्राम पञ्चायत बाजपट्टी– १० घर भई धनुषाको जनकपुरधाम उप–महानगरपालिका–१६ पुल चोकस्थित डेरामा बस्दै आएका २५ वर्षीय सुरेश ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बुधवार साँझ अन्दाजी ७ बजे जनकपुरधाम उपमहानगरपलिका १७ स्थित मनहरपुर बस्ने रासलाल मुखियाको घर अगाडिको सार्वजनिक बाटोबाट उनका १४ महिने छोरा कृष्ण मुखिया हराएका थिए । त्यसलगत्तै रासलालले धनुषा प्रहरीमा जानकारी गराएका थिए ।

प्रहरीले बालक कृष्ण मुखियालाई उद्धार गरी मुखीयाको आमा संगीता मुखियाको जिम्मा लगाएको छ । पक्राउ परेका भारतीय युवक सुरेश ठाकुरलाई धनुषा जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक मुद्दा शीर्षकमा म्याद थप गरी थप अनुसन्धन कार्य भई रहेको धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्