समाचार

फेरी बढ्यो सुनको मूल्य

२८ मंसिर २०८०, बिहीबार ०५:३४
फेरी बढ्यो सुनको मूल्य

२८ मंसिर,काठमाडौँ। नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।

सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले बढेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार रुपैयाँ भने एक लाख १८ हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन एक लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ४५ रुपैयाँले बढेर १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्