अर्थ / वाणिज्य

बैंक–वित्तीय संस्थाबाट २० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

२८ मंसिर २०८०, बिहीबार ०५:२२
बैंक–वित्तीय संस्थाबाट २० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

२८ मंसिर,काठमाडौँ। नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न २० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ ।

 नेपाल राष्ट्र बैंकले बोलकबोल विधिबाट २० अर्ब रुपैयाँ रकम तान्न लागेको जानकारी दिएको हो । सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले दिउँसो २ बजेसम्म बोलकबोलमा आवेदन दिन सक्नेछन् । यो रकमको ब्याजदर समेत बोलकबोल माध्यमबाट तय हुने बताइएको छ । यस्तै, केन्द्रीय बैंकले सावा ब्याज भुक्तान मिति पुस १२ गते तय गरेको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्।  बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । केन्द्रिय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो साँवा र ब्याज भुक्तानी मिति पुस १२ गते निर्धारण भएको छ।

बोलकबोलमा सहभागी बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी आह्वान गर्नुपर्ने बताइएको छ । राष्ट्र बैंकले बजारमा अधिक तरलता कायम भएपछि १४ दिनको निक्षेप संकलन उपकरण चलाएको हो ।

प्रतिक्रिया दिनुहोस्