समाचार

प्रदेश २ कांग्रेसको मतगणना स्थलमा विवाद

९ पुष २०७८, शुक्रबार १५:५१
प्रदेश २ कांग्रेसको मतगणना स्थलमा विवाद

९ पुस, जनकपुर । प्रदेश २ कांग्रेसको मतगणना स्थलमा विवाद भएको छ । विमलेन्द्र निधि समूहले महासचिवको मत गणनामा धाँधली भएको दाबी गरिरहेको छ ।

महामन्त्री पदमा अगाडि देखिएका डा.शेखर कोइराला समूहका नरेश यादवलाई अन्तिम परिणामका बेला पछि पारिएको भन्दै कोइराला समुहका नेता कार्यक्रताहरु मतगणना स्थल पुगेर आपत्ति जनाएपछि विवादको स्थिती सृजना भएको हो । मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रदेश सभापतिमा विजयी भएका यादवले १ सय ४१ मत अन्तरले विमलेन्द्र निधि पक्षका उम्मेदवार रामसरोजय यादवलाई पराजित गरे । कृष्णप्रसाद यादवले ९ सय ९६ मत प्राप्त गरे भने रामसरोज यादवले ८ सय ५५ मत पाएका थिए । सभापति पदका लागि ३० मत बदर भएको थियो ।

औपचारिक घोषणा हुन वाँकी रहेपनि मत परिणाम अनुसार उपसभापतीमा बिरेन्द्र प्रसाद सिंह र चन्द्रशेखर यादब विजयी भएका छन् । त्यसै गरि महामन्त्रीको एक पदमा उपेन्द्र कुमार यादब विजयी भएपनि नरेश यादव र बृहस्पति कृष्ण श्रेष्ठको मतपरिणाम विवादमा परेपछि मिलाउने काम भइरहँदा विवाद भएको छ ।

प्रतिक्रिया दिनुहोस्