समाचार

गगन थापा भन्छन्– शेखरलाई संसदीय दलको नेता नबनाए ०८२ मा महाधिवेशन हुँदैन

२७ मंसिर २०८०, बुधबार ११:२८
गगन थापा भन्छन्– शेखरलाई संसदीय दलको नेता नबनाए ०८२ मा महाधिवेशन हुँदैन

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा संसदीय दलको नेता परिवर्तन गर्न प्रयास गर्नुपर्ने बताएका छन् ।

आज बसेको संस्थापनइतरको बैठकमा उनले कोइरालालाई दलको नेता नबनाए ०८२ मा महाधिवेशन हुनै नसक्ने जिकिर गरे । “संसदीय दलको नेता फेर्नुपर्छ । संसदीय दलको नेता नफेरेसम्म ०८२ मा महाधिवेशन हुँदैन । शेखर कोइरालाई नै संसदीय दलको नेता बनाउनेतिर लागौँ,” उनको भनाइ उद्धृत गर्दै एक नेताले भने ।

‘हामी एकतावद्ध भएर संसदीय दलको नेता फेर्न लागौं, देउवा नै प्रधानमन्त्री हुने अवस्था भयो भने २०८२ मा महाधिवेशन हुन सक्दैन’, ती नेताले अनलाइनखबरसँग भने ।

थापाले १४ औं महाधिवेशनबाट बनेको शेखर–गगन समूह एकतावद्ध हुन नसकेकामा असन्तुष्टि जनाए । आफूले समूहभित्रै र पार्टी सभापतिसँग पनि भिड्नुपरेको भन्दै थापाले भने, ‘समूह एकतावद्ध हुने हो भने देउवासँग भिडौं, हाम्रो समूहमा नभिडौं’, थापाको भनाइ उधृत गर्दै ती नेताले भने ।

“समूहप्रति पूर्ण बफादार छु र शेखर दाइलाई नेता मान्ने र बनाउने कुरामा म जस्तो त्याग गर्न तयार छु,” उनले बैठकमा भनेका छन्, “म र शेखर दाइको बीचमा कुनै मनमुटाव छैन भनेर कति भन्ने ? साथीहरूले धेरै खेल्दिनुभएन ।”

प्रतिक्रिया दिनुहोस्