समाचार

माओवादीमा वरिष्ठसहित ७ उपाध्यक्ष राख्ने प्रस्ताव

९ पुष २०७८, शुक्रबार १५:४१
माओवादीमा वरिष्ठसहित ७ उपाध्यक्ष राख्ने प्रस्ताव

९ पुस, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको केन्द्रीय पदाधिकारी १५ जनाको बनाउने प्रस्ताव गरेका छन् ।

तर, शीर्ष नेतृत्व (अध्यक्ष) परिवर्तन नहुने हुँदा पदका आकांक्षीहरुको ध्याउन्न त्यसभन्दा तलका पदहरुमा छ। खासगरी अध्यक्षपछिको शक्तिशाली मानिने पद, महासचिवका लागि नेताहरुले दौडधुप र लबिइङ तीव्र पारेका छन्।

यो दौडधुपबीच उपाध्यक्ष पदमा भने त्यति ‘आकर्षण’ देखिएको छैन। तर, महासचिव बन्न नसक्ने नेताहरुले ताकेको पद भने यही उपाध्यक्ष नै हो।

‘पार्टीको केन्द्रीय पदाधिकारी संख्या १५ बनाउँदा ठिक होला भन्ने अध्यक्षको प्रस्ताव आएको छ । त्यसबारे शनिबार छलफल गरेर निर्णयमा पुगिन्छ’, ती सदस्यले रातोपाटीसँग भने, ‘निर्णय भैसकेको छैन ।

उनका अनुसार प्रचण्डले बैठकमा वरिष्ठ सहित सात उपाध्यक्ष राख्ने प्रस्ताव गरेका छन् । ‘अध्यक्ष एक, वरिष्ठ सहित सात उपाध्यक्ष, महासचिव एक, उपमहासचिव २ र तीन सचिव रहने प्रस्ताव छ’, ती सदस्यको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्