जीवनशैली

मेवा खानुका फाइदै फाइदा

९ पुष २०७८, शुक्रबार १५:१८
मेवा खानुका फाइदै फाइदा

काठमाडौं । मेवा क्यारिकेसी परिवारमा पर्ने एक प्रकारको फल हो। अन्य फलफूलको तुलनामा मेवा निकै स्वस्थ फल मानिन्छ। यो फल पेट तथा मुटु दुबैको लागि निकै लाभदायी हुन्छ।

यो बजारमा सहज रूपमा पाइने र गाउँघरमा पनि सहजै फलाउन सकिने सस्तो फल पनि होे । मेवा देख्न र खानमा जति मीठो हुन्छ यो त्यत्तिकै गुणकारी पनि हुन्छ। छालाका लागि मेवा छालाका लागि निकै लाभदायी मानिन्छ । यो फेसप्याकको रूपमा प्रयोग गर्न सकिन्छ । यसले छालाको जलन र संक्रमणबाट मुक्ति दिन्छ। फर्मेन्टेशन गरिएको मेवाको बोक्राले मरेका छालालाई पुनर्जीवन प्रदान गर्दै ताजा र चम्किलो राख्छ। छाला चोटमा पनि यो लाभकारी हुन्छ।

 विज्ञहरुका अनुसार मेवाको केवल फल मात्र होइन पूरै रुख नै औषधिय गुणले युक्त हुन्छ । मेवामा भिटामिन ए अन्य फलमा भन्दा उच्च पाइन्छ । मेवामा क्याल्सियम, म्याग्नेसियम, पोटासियम, भिटामिन ए, कार्बोहाइड्रेट तथा फाइबर पर्याप्त मात्रामा पाइन्छ ।

आयुर्वेदमा मेवालाई विभिन्न असाध्य रोगलाई दूर गर्ने उच्चतम फलको रुपमा लिइएको छ । मेवाको सेवनले पाचन सम्बन्धि जटिलता अन्त्य गर्ने, कमलपित्त, हर्निया जस्ता रोगको जोखिम घटाउनुका साथै प्रजनन क्षमतामा वृद्धि गर्ने बताइन्छ । साथै मेवा मुटुरोगीका लागि समेत उपयोगी हुनुका साथै कोलेस्ट्रोलका विरामीका लागि समेत लाभकारी  हुन्छ ।

तौल घटाउन
बिहान खाली पेट मेवा र कागती पिउँदा घरीघरी भोक लाग्दैन । यसमा टन्न पेक्टिन फाइबर हुन्छ र यसले आन्द्रालाई राम्रो काम गर्ने अवसर दिन्छ । तौल घटाउन पनि यसले मद्दत गर्छ ।

कब्जियत
मेवालाई काटेर त्यसमा मरिच, बीरेनून र कागतीको रस हाल्नुभयो भने खानेकुरा सजिलै पच्छ । अनि यसले कब्जियत पनि हटाउँछ । छेर लाग्ने र मूत्रसमस्या पनि यसले निको पार्छ ।

क्यान्सर
मेवाले कलेजो बलियो बनाउँछ भने कागतीले विषाक्त पदार्थलाई शरीरबाहिर निकाल्छ । दिनदिनै दुई चम्चा मेवाको रसमा आधा चम्चा कागतीको रस मिसाएर पिउँदा लिभर सिरोसिस हुन पाउँदैन । अनि प्रोस्टेट क्यान्सर र ब्लड क्यान्सर पनि यसले रोक्छ ।

आँखा
मेवामा भरपूर मात्रामा क्याल्सियम, केरोटाइन र भिटामिन हुन्छन् र यी आँखाका लागि लाभदायक हुन्छन् । यिनीहरूको सेवनले रतन्धो हुनबाट रोक्छ । बच्चाहरूलाई मेवा खुवाउनुभयो भने सानैमा चश्मा लगाउनुपर्ने स्थिति आउँदैन ।

मुटु र रक्तचाप
मेवा र कागतीमा प्रचूर फाइबर, भिटामिन सी र एन्टीअक्सिडेन्ट पाइन्छन् । यिनले कोलेस्ट्रोलाई नियन्त्रणमा राख्छन् र मुटुसम्बन्धी समस्या हटाउँछन् । रक्तचाप पनि नियन्त्रणमा राख्छन् ।

  • मेवाको बिउमा समेत कलेजोलाई स्वस्थ राख्ने गुण हुन्छ । मेयाको फलभित्रको गेडालाई पिँधेर महमा मिलाएर खानाले कलेजो स्वस्थ राख्न मद्धत पुग्ने बताइन्छ ।
  • मेवामा प्रसस्त पोटासियम पाइन्छ । त्यसकारण यसको सेवनले रक्तचाप सन्तुलित पार्नुका साथै हाइपरटेन्सनको समस्या भएका विरामीका लागि फाइदा गर्छ । मेवामा कार्पेन वा कार्पेइन्ज नामक क्षारिय तत्व पाइन्छ, जसले रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ
  • उच्च रक्तचापका रोगीले दैनिक एउटा काँचो मेवा खानु लाभदायक मानिन्छ ।
  • कब्जियतले सताउने मानिसलाई पनि मेवा फाइदाजनक हुन्छ । यसमा प्रसस्त फाइबर हुने भएकाले अपच तथा कब्जियतको समस्या कम गर्छ भने पाचन प्रक्रियालाई नियमित गर्न सहयोग गर्दछ ।
  • महिनावारी अनियमित हुने तथा महिनावारीका बेला धेरै पीडा हुने महिलाका लागि समेत मेवाको नियमित सेवन फाइदाजनक हुन्छ ।
  • तर असन्तुलित रुपमा मेवाको बढि सेवन गर्नुभने हानिकारक हुन्छ । यसले क्यारोटेनेमिया भन्ने रोग लाग्नसक्छ । जसका कारण हात खुट्टाको छाला बढि पहेँलो बन्दछ ।

प्रतिक्रिया दिनुहोस्