समाचार

बीवाईडीले विस्तार गर्‍यो द्रुत चार्जिङ, सुरुमा ११ डीसी चार्जर जडान

२६ मंसिर २०८०, मंगलवार ०६:५०
बीवाईडीले विस्तार गर्‍यो द्रुत चार्जिङ, सुरुमा ११ डीसी चार्जर जडान

२६ मंसिर,काठमाडौँ। नेपाली बजारमा बिवाइडी अटोको लागि आधिकारिक वितरक साइमेक्स इंकले फास्ट चार्जिङ नेटवर्क विस्तार गर्दैछ। कम्पनीले पहिलो चरणमा नेपालको विभिन्न ११ सहरहरूमा डिसी फास्ट चार्जर जोडेको छ।

नयाँ जडित डीसी फास्ट चार्जर देशका मुख्य शहरहरु, पोखरा, नेपालगंज, बुटवल, विराटनगर, जनकपुर, नारायणघाट, अनामनगर, मुलकोट, बिर्तामोड, नक्साल र गुह्येश्वरीमा राखिएको हो।

यीमध्ये १० स्थानमा रहेका चार्जर ३० किलोवाट क्षमताको छ भने मुलकोटमा रहेको चार्जर ६० किलोवाट क्षमताको छ। कम्पनीले नेपाली बजारमा विद्युतीय गाडी भित्र्याएदेखि नै चार्जिङ स्टेसन विस्तारमा पनि उत्तिकै प्राथमिकता दिँदै आएको छ। कुन-कुन ठाउँमा चार्जिङ स्टेसन छ भन्ने जानकारी कम्पनीको आधिकारिक वेबसाइटमार्फत प्राप्त गर्न सकिन्छ।

कम्पनीका अनुसार सन् २०२३ को डिसेम्बर अन्तिमसम्ममा थप १८ स्थानमा डिसी चार्जर जोडिने छ।  हाल कम्पनीले बिक्री गर्दै आएको बिवाइडी अट्टोले राम्रो बजार पाएको छ। यो विद्युतीय गाडीले ८८ किलोवाटको डिसी चार्जर समर्थन गर्छ।

त्यस्तै बिवाइडी डल्फिनलाई भने ६० किलोवाटको चार्जरमा चार्ज गर्न सकिन्छ। बिवाइडीका गाडीहरूलाई ८० प्रतिशतसम्म चार्ज हुन भने जम्मा ३० देखि ३५ मिनेट मात्रै लाग्छ।

प्रतिक्रिया दिनुहोस्