समाचार

काँचो प्याज खानुका फाइदा, यी रोग निको हुने

९ पुष २०७८, शुक्रबार १५:०५
काँचो प्याज खानुका फाइदा, यी रोग निको हुने

काठमाडौं । हाम्रो दैनिक खानपानमा प्याजको महत्वपूर्ण हिस्सा हुन्छ । खानाको स्वाद बढाउनको लागि प्याज जरुरी हुन्छ तर प्याजले स्वाद मात्र बढाउदैन । साथै प्याज आफ्नो राम्रो गुणहरुले गर्दा अझ बढी बिशेष छ ।

 स्वादका लागि खाइने प्याजको गुण केवल खानालाई स्वादिलो तथा बासनादार बनाउनेमा  मात्र सिमित छैन । प्याजमा विभिन्न औषधिय गुण पनि पाइन्छन् र यसको सेवन स्वास्थ्यका लागि हितकर हुन्छ । विज्ञहरुका अनुसार कतिपय स्वास्थ्य समस्याको रोकथाम र उपचारमा प्याज लाभदायक हुन्छ ।

स्वास्थ्यका दृष्टिकोणले प्याज खानु निक्कै फाइदा हुने चिकित्सकले बताएका छन्। यसले शरीरमा भीटामिनको पूर्ति गर्नुका साथै रोगप्रतिरोधात्‍मक क्षमतालाई बढाउने गर्दछ। प्याज खानुका फाइदा के के छ न् त ?

  •  मौरीले टोकेको ठाउँमा प्याजले राहत दिन्छ।
  • हरियो प्याजमा भरपूर मात्रामा ‘भीटामिन ए’ पाइन्छ। यसैकारण प्याजलाई खानामा पनि समावेश गरेर खाने गरिन्छ।
  • प्याजको रसमा मह मिलाएर खानाले ज्वरो, रुघाखोकी, तथा घाँटी खसखस गरेको र एलर्जी जस्ता समस्यामा राहत मिल्दछ ।
  • प्याजमा क्रोमियम तत्व हुन्छ जसले रगतमा भएकेा चिनीको मात्रा अर्थात् ब्लड सुगर नियन्त्रणमा मद्दत गर्दछ ।
  • काँचो प्याजको सेवनले रगतमा हानिकारक कोलेस्ट्रोलको मात्रा बढ्न दिँदैन र यसले मुटुलाई स्वस्थ राख्न सहयोग पुराउँदछ ।
  • दुखेको वा सुन्निएको ठाउँमा प्याजको रस लगाउनाले दुखाइ कम हुन्छ र संक्रमण पनि हुँदैन ।
  • प्याजमा विभिन्न फाइटोकेमिकल्स तथा भिटामिन सी पाइन्छ, जसले मानिसमा रोग प्रतिरोधी क्षमता बढाउँदछ ।
  • काँचो प्याज खाँदा शरीरमा इन्सुलिन बन्छ । दिनदिनै एउटा काँचो प्याज वा त्यसको रसको सेवनले मधुमेह निको पार्छ ।
  • कानमा कुनै पनि प्रकारको समस्या हुँदा प्याजलाई आगोमा हल्का तताएर मनतातो रस निकाल्ने । उक्त रस कानमा हाल्नाले कानको दुखाई एंव अन्य समस्या समाप्त हुन्छ ।
  • महिलाहरुमा महिनावारीसँग जोडिएको समस्या हुँदा प्याजको रसमा मह मिलाएर सेवन गरेमा धेरे लाभदायक हुन्छ । अत्याधिक दुखाई हुँदा पनि प्याजको सेवनले राहत मिल्छ ।

प्रतिक्रिया दिनुहोस्