२६ मंसिर,काठमाडौँ। एसीसी यू–१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको भारतविरुद्धको खेलमा मंगलबार नेपालले लगातार आफ्नो छैटौँ विकेट गुमाएको छ ।
छैटौँ विकेटका रुपमा राष्ट्रिय टोलीका सदस्यसमेत रहेका अनुभवी ब्याट्सम्यान गुल्सन झा पेभेलियन फर्किएका हुन् । उनी आठ बलमा चार रन बनाउँदै आउट भए । उनलाई भारतीय बलर आराध्यले एलबीडब्लूको धरापमा पारेका हुन् । उनी आउट हुँदा नेपालले ९.५ ओभरमा केवल २१ रन बनाएको छ ।