जीवनशैली

जाडाेमा ओठ फुटेर हैरान हुनुहुन्छ ? अपनाउनुस् यी उपाय

९ पुष २०७८, शुक्रबार १४:४२
जाडाेमा ओठ फुटेर हैरान हुनुहुन्छ ? अपनाउनुस् यी उपाय

काठमाडाैं । सधैँ झैँ यस वर्ष पनि जाडो मौसम सुरु भइसकेकाे छ । जाडाे समयमा हाम्रा हात, खुट्टा, गाला, ओठ बढी फुट्ने गर्छन् । जाडो समयमा हावा सुक्खा हुने र यसको स्पर्श छालामा पर्दा छाला पनि सुक्खा हुने गर्छ।

अरु भन्दा ओठ शरीरको सानो भाग भएकोले पनि यो फुट्यो भने अलि धेरै समस्या पार्छ । ओठ फुटेपछि केही खाँदा पोल्ने, हाँस्दा दुख्ने र अनुहारको सौन्दर्य बिग्रने हुन्छ ।

ओठमा जिब्रो लगाउने बानी, ओठ चुस्ने वा चाट्ने बानी छ भने तत्काल हटाउनुस् । साथै ओठमा मह दल्नु भयो भने पनि ओठ फुट्दैन ।

ओठ फुट्ने कारणहरू

मानव शरीरलाई दैनिक दुई देखि तीन लिटर पानीको आवश्यकता पर्दछ। प्यास नलागेसम्म पानी नपिउने बानीले यस्तो समस्या निमत्याउछ। त्यसैले थोरै समयको अन्तरालमा पानी पिइराख्नु पर्दछ।

कहिलेकाँही मदिराको धेरै सेवन गर्नाले पनि ओठ फुट्ने समस्या आउने हुन्छ। ओठ धेरै कोमल हुने हुन्छ। अल्कोहलले डिहाइड्रेसन गराउने हुदा ओठ फुट्ने हुन्छ।

केही मानिसको बानी घरी घरी जिब्रो ओठमा दल्ने बानी हुन्छ। थुकमा केही यस्ता एन्जाइम्स हुन्छन् जसले भोजन पचाउने काम गर्छ त्यस्तो थुक ओठमा लगाउँदा ओठमाथिको एन्जाइम्सका कारण सुक्न थाल्छ रओठ झन फुट्न थाल्छ।

के छन् उपाय ?

  • पानी धेरै पिउनुभयो भने पनि यो समस्याबाट मुक्ति पाउन सक्नुहुन्छ ।
  • जाडो मौसममा सुन्तला, बदाम सेवन गर्दा पनि ओठ फुट्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।
  • बाहिरी वातावरणमा जानु पर्दा लिप जेल, लिप गार्ड वा लिपस्टिक लगाउँदा पनि ओठ फुट्ने समस्याबाट बच्न सकिन्छ ।
  • कहिले काँही रोगका कारण पनि ओठ फुट्न सक्छ । चिकित्सकका अनुसार जाडो मौसममा थाइराइड, इन्डोक्राइन जस्ता ग्रन्थीमा समेत रगतको मात्र कम भएर त्यसको परिणामस्वरूप ओठ फुट्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्