समाचार

बागमती प्रदेशमा नवनियुक्त ३ मन्त्री र ३ राज्यमन्त्रीले लिए सपथ

९ पुष २०७८, शुक्रबार १४:२०
बागमती प्रदेशमा नवनियुक्त ३ मन्त्री र ३ राज्यमन्त्रीले लिए सपथ

९ पुस, मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले शुक्रबार चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

 मुख्यमन्त्री पाण्डेको सिफारिसमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मन्त्रीमा मिलनबाबु श्रेष्ठ, दीपेन्द्र श्रेष्ठ, बलराम पौडेल तथा सन्तबहादुर प्रजा, रजनी अमात्य जोन्छे र कल्पना नेपालीलाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

आज थपिएका तीन मन्त्री र तीन राज्यमन्त्री गठबन्धनको दल नेपाली कांग्रेसबाट थपिएका हुन्। यससँगै बागमतीको मन्त्रिपरिषद् १८ सदस्यीय बनेको छ।

यससँगै वाग्मती प्रदेशमा १४ जना मन्त्री र ४ जना राज्यमन्त्री भएका छन् । मन्त्रालय विभाजन गरेर मन्त्रीको संख्या बढाएको भन्दै मुख्यमन्त्री पाण्डे चौतर्फी रुपमा आलोचित बनेका छन् । उनीहरूको शपथ ग्रहण शुक्रबार ५ बजे प्रदेश प्रमुखको कार्यालयमा गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्