समाचार

इपिएस २०२४ का लागि छुट्टाइएको कोटा २०२३ मा खोलिदिएपछि विरोध प्रदर्शन

२५ मंसिर २०८०, सोमबार ०९:३३
इपिएस २०२४ का लागि छुट्टाइएको कोटा २०२३ मा खोलिदिएपछि विरोध प्रदर्शन

२५ मंसिर, काठमाडौं। इपिएस नेपालको २०२४ को लागि छुट्टाइएको कोटा २०२३ मा नै खोलिएको भन्दै युवाहरुले विरोध प्रदर्शन गरेका छन् ।

२०२४ सुरु हुन २० दिन बाँकी रहेको अवस्थामा २०२४ को लागि छुट्टाइएको कोटा २०२३ मा नै खोलिएको भन्दै उनीहरुले ललितपुरको ग्वार्कोस्थीत इपिएस कार्यालय अगाडी विरोध प्रदर्शन गरेका हुन् ।

बाँकेबाट आएका युवा प्रदीप बुढाथोकीले २०२४ को लागि छुट्टाइएको कोटा २०२३ मा नै खोलेपछि विरोध गर्न बाध्य भएको बताए । उनले आफूहरुको माग सुनुवाई नभएकाले अनसन लगायतका आन्दोलन गर्ने बताए।

प्रदर्शनमा सहभागीहरुले युवाको रोजगारीको सुनिश्चितता गर,इपिएसको मनोमानी बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्