समाचार

महासमिति बैठकबारे छलफल गर्न देउवाले बोलाए कार्यसम्पादन समिति बैठक

२५ मंसिर २०८०, सोमबार ०९:२८
महासमिति बैठकबारे छलफल गर्न देउवाले बोलाए कार्यसम्पादन समिति बैठक

२५ मंसिर, काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । सभापति देउवाले मंसिर २९ गतेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।

महासमिति बैठकबारे छलफल गर्न सभापति देउवाले कार्यसम्पादन समिति बैठक बोलाएका हुन्। कांग्रेसले पुस १६ गतेदेखि १९ गतेसम्म महासमिति बैठक गर्ने निर्णय गरेको छ। तर सभापति देउवाले ‘पुसको ठण्डीमा’ बैठक नगरौं भन्ने प्रस्ताव मंसिर १३ गते धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा गरेका थिए।

शुक्रबार दिउँसो १२ बजेपछि बस्नेगरी बैठक आह्वान गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा महासमिति बैठकको तयारी, जाजरकोट भूकम्प, समसायीक राजनीतिकका सम्बन्धमा छलफल हुने पौडेलको भनाइ छ।
कांग्रेसले आगामी पुस १६ देखि १९ का लागि महासमिति बैठक बस्ने तय गरेको छ। कांग्रेस विधान अनुसार कार्यसम्पादन समिति ४६ जनाको हुने व्यवस्था छ। सभापति देउवाले ३७ जनाको मात्रै कार्यसम्पादन समिति बनाएका छन्।

प्रतिक्रिया दिनुहोस्