समाचार

अझै केही दिनको मौसम यस्तै धुम्म हुने

२५ मंसिर २०८०, सोमबार ०१:५०
अझै केही दिनको मौसम यस्तै धुम्म हुने

२५ मंसिर,काठमाडौँकाठमाडौँ उपत्यकासहित धेरै ठाउँमा बिहानैदेखि हुस्सु कुहिरो लागेको छ । केही दिनदेखि देशका धेरै ठाउँमा हुस्सु कुहिरो लाग्न थालेको छ ।

मौसम पूरै सफा हुन सकेको छैन । पश्चिमी वायुसँगै न्यून चापीय प्रणालीको प्रभावका कारण मौसम बदली हुँदै आइरहेको छ । मौसमविद् राजु प्रधानाङ्गका अनुसार अझै केही दिनको मौसम यस्तै रहने अनुमान छ । पहाडी क्षेत्रमा दिउँसो घाम लागे पनि फेरि बादल लाग्ने क्रम चलिरहेको छ ।

यस्तै, तराईका जिल्लामा ढिलोगरी मात्रै कुहिरो हट्ने गरेको छ । यसले गर्दा तराईको जनजीवन प्रभावित हुन थालेको छ । आज पनि तराईमा बाक्लो कुहिरो लागेको छ ।

दिउँसो पछि मात्रै कुहिरो हट्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पहाडी क्षेत्रमा भने केहीबेरपछि कुहिरो हटेर घाम लाग्ने अनुमान छ । यस्तै, आज पनि उच्च पहाडी र हिमाली जिल्लामा हिमपातको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्