समाचार

इजरायल र हमासबीच फेरि युद्धविरामका लागि प्रयास भइरहेकाे छ : कतार

२५ मंसिर २०८०, सोमबार ०१:४६
इजरायल र हमासबीच फेरि युद्धविरामका लागि प्रयास भइरहेकाे छ : कतार

२५ मंसिर,काठमाडौँकतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले इजरायल र हमासबीच फेरि युद्धविरामका लागि प्रयास भइरहेकाे बताउनु भएकाे छ ।

उहाँले गाजा क्षेत्रमा नयाँ युद्धविराम र हमासको कब्जामा रहेका बन्धकहरूलाई मुक्त गर्न मध्यस्थताको प्रयास जारी रहेको बताउनु भएको हो । तर, लगातारको बमबारीको घटनाले जटिलता  ल्याएको उनले बताए।

यसअघि  कतारकै प्रयासमा इजरायल र हमासबीच सात दिनको अस्थायी युद्धविराम भएको थियो । गएको अक्टोबरमा प्यालेस्टाइनको विद्रोही समूह हमासले आक्रमण थालेपछि इजरायलले पनि आक्रमण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्