समाचार

माओवादीमा १५ पदाधिकारी बनाउने सहमति

९ पुष २०७८, शुक्रबार १४:०७
माओवादीमा १५ पदाधिकारी बनाउने सहमति

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले १५ सदस्यीय पदाधिकारीको व्यवस्था गर्ने प्रस्ताव पेश गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल र राष्ट्रिय सम्मेलनको तयारी सम्बन्धमा आज बसेको स्थायी कमिटी बैठकमा देव गुरुङ नेतृत्वको कार्यदलले १५ सदस्यीय पदाधिकारी राख्ने प्रस्ताव पेश गरेको हो ।

पदाधिकारीको टुंगो लगाउन गठन गरिएको कार्यदलका संयोजक देव गुरुङले स्थायी समिति बैठकमा प्रस्ताव पेश गरेका थिए। त्यसमाथि छलफल गर्दै १५ पदाधिकारी बनाउने सहमति भएको एक स्थायी समिति सदस्यले बताए।

पोखरेलले प्रतिवेदनमा १५ सदस्यीय पदाधिकारी रहने प्रस्ताव आएको बताएका छन् । ‘अध्यक्षपछिको वरियतामा वरिष्ठ उपाध्यक्ष रहने कि नरहने भन्नेबारे निष्कर्षमा पुगेका छैनौं’, उनले भने, ‘उपाध्यक्ष, महासचिव, उमहासचिव र सचिवसहित १५ सदस्य रहने वा बढाउने भन्ने विषय भोलि टुंगो लाग्नेछ ।

यसअघि ५ प्रतिशत प्रतिनिधि मानोनय गर्ने निर्णय सच्याएर १० प्रतिशत कायम गर्ने निर्णय भएको पोखरेलले जानकारी दिए । उनका अनुसार राष्ट्रिय सम्मेलनमा थप १४८ गरी १६०८ प्रतिनिधि सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्