समाचार

१८ वर्षीया युवतीले गरिन् नारायणी नदीमा हाम फालेर आत्महत्या

९ पुष २०७८, शुक्रबार ११:२८
१८ वर्षीया युवतीले गरिन् नारायणी नदीमा हाम फालेर आत्महत्या

९ पुस, चितवन । चितवनमा नारायणी नदीमा हाम फालेर एक युवतीले आत्महत्या गरेकी छिन् ।

शुक्रबार दिउँसो एक बजेतिर नारायणी नदीको पुलमाथिबाट अन्दाजी १८ वर्षीया युवतीले हाम फालेकी थिइन् । जीवितै उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल चितवनमा लगिएको थियो । तर, उपचारको क्रममा साढे एक बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अहिले मृतक युवतीको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । उनको सनाखत हुन नसकेपछि प्रहरीले उनको हुलियाको फोटो सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्