समाचार

पालिकाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

२४ मंसिर २०८०, आईतवार १५:२३
पालिकाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

२४ मंसिर,बाँके। बाँकेको जानकी गाउँपालिकाले ज्येष्ठ तथा अशक्त नागरिकलाई गाउँपालिकाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ ।

यसअघि सामाजिक सुरक्षा भत्ता लिन ज्येष्ठ तथा अशक्त नागरिकहरुलाई नेपालगञ्ज बजार जानुपर्ने बाध्यता  थियो । गाउँपालिकाबाटै सामाजिक सुरक्षा भत्ता वितरण भएपछि स्थानीय ज्येष्ठ नागरिक र अशक्त व्यक्तिलाई सहज भएको छ ।

गाउँपालिकाले कार्यालयबाट भत्ता वितरण सेवा दिएपछि आफूहरुलाई सहज भएको स्थानीय रामबहादुर शाहीले बताए । ज्येष्ठ तथा अशक्त नागरिकका समस्यालाई दृष्टिगत गरी सामाजिक सुरक्षा भत्ता वितरण गाउँपालिकाबाटै सुरु गरिएको जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्