समाचार

माओवादी र नेकपा मसालबीच एकता

९ पुष २०७८, शुक्रबार ०९:२६
माओवादी र नेकपा मसालबीच एकता

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) र नेकपा (मसाल) सम्पर्क केन्द्रबीच एकता  भएको छ । त्रिपुरेश्वरमा आयोजित कार्यक्रममा एकता घोषणा गरिएको हो ।

मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालबाट विद्रोह गरी फुटेर बनेको नेकपा मसला (सम्पर्क केन्द्र) ले माओवादी केन्द्रसँग पार्टी एकता गर्न लागेको हो । राजनीतिक एजेन्डाप्रतिको दृष्टिकोण तथा नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभारबारे विवाद भएपछि मसालबाट अलग्गिएको समूहले नेकपा मसाल (सम्पर्क केन्द्र) गठन गरेको हो ।

कार्यक्रममा मसाल केन्द्रीय सम्पर्क समितिका लोकेन्द्र लम्सालले एकता आजको आवश्यकता भएको बताए । अब वैज्ञानिक समाजवाद कार्यनीतिक नाराको रुपमा अघि बढाउनुपर्ने उनले बताए । माओवादीको नेतृत्व र लाइनहरु ठिक छ भन्दै समाहित भएको उनले बताए ।

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस्