समाचार

पक्राउ पुर्जी जारी भएका प्रकाण्डसँग बालुवाटारमा प्रधानमन्त्रीको भेट

२४ मंसिर २०८०, आईतवार ०१:०८
पक्राउ पुर्जी जारी भएका प्रकाण्डसँग बालुवाटारमा प्रधानमन्त्रीको भेट

२४ मंसिर,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डबीच भेटवार्ता भएको छ । उनीहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटमा यसअघिको सरकारसँग भएको सहमति, अदालतबाट जारी पक्राउ पुर्जी लगायत समसामयिक विषयमा छलफल भएको बताइएको छ।

अदालतले प्रकाण्डसहित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दलगायतका नेताहरुविरुद्ध पूर्जी जारी गरेको छ। २०७६ साल असोज ९ गते दायर भएको मुद्दामा उनीहरुविद्ध पक्राउ पुर्जी जारी भएको हो। पक्राउ पुर्जी जारी भएको विरोधमा नेकपाले देशव्यापी आन्दोलन घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस्