खेलकुद

यू-१९ एसिया कपः नेपाल अफगानिस्तानसँग खेल्दै, भारत र पाकिस्तानको खेल आजै

२४ मंसिर २०८०, आईतवार ००:५७
यू-१९ एसिया कपः नेपाल अफगानिस्तानसँग खेल्दै, भारत र पाकिस्तानको खेल आजै

२४ मंसिर,काठमाडौँ।संयुक्त अरब इमिरियट्स (युएई) जारी एसिसी यू–१९ एसिया कपमा आज दुई खेल हुँदैछन् ।

नेपालले अफगानिस्तानको सामना गर्दैछ भने भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । दुवै खेल नेपाली समय अनुसार बिहान ११ः १५ बजे सुरु हुनेछन् ।

समूह ‘ए’मा रहेको नेपाल पहिलो खेलमा पाकिस्तानसँग पराजित भइसकेको छ । समूह ‘ए’मा नेपालसँगै पाकिस्तान, भारत र अफगानिस्तान छन् । पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा अफगानिस्तानको सामना गर्न लागेको हो ।

दोस्रो चरण प्रवेशका लागि नेपालका लागि बाँकी खेल जित्नै पर्ने दबाब छ । नेपाल र अफगानिस्तान अंकबिहीन अवस्थामा छन् । यो समूहका भारत र पाकिस्तानले दुई दुई अंक जोडेका छन् ।

समूह ‘बी’ मा आयोजक युएई, जापान, बङ्गलादेश र श्रीलङ्का छन्। यो समूहमासमेत युएई र जापान अंकबिहीन बन्दा बंगलादेश र श्रीलंकाले दुई दुई अंक जोडेका छन् । दोस्रो चरण प्रवेशका लागि नेपालले अब भारत र अफगानिस्तानका युवा टिमलाई पराजित गर्नुपर्ने दबाब छ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्