समाचार

हेटौंडामा पेस्तोल र १९ राउन्ड गोलीसहित तीनजना पक्राउ

२३ मंसिर २०८०, शनिबार १२:४०
हेटौंडामा पेस्तोल र १९ राउन्ड गोलीसहित तीनजना पक्राउ

२३ मंसिर,हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरले पेस्तोल र गोलीसहित तीन जनालाई पक्राउ गरेको छ।

शुक्रबार हेटौंडा उपमहानगरपालिका-४ हुप्राचौरस्थित एक घरको कोठाबाट सेमी अटो मेटिक पेस्तोल एक थान र गोली १९ राउन्डसहित तीन जना पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका-९ बस्ने ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री रहेका छन् । यही मंसिर १८ गते हेटौँडा–९ स्थित सूर्यप्रसाद पौडेलको घरमा गोली प्रहार गरिएको थियो । सो घटनाको अनुसन्धानका क्रममा शुक्रबार (हिजो) उनीहरूलाई हेटौँडा–१० बाट हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूका साथबाट सेमिअटोमेटिक पेस्तोल एकथान र गोली २० राउन्ड, घटनामा प्रयोग गरिएको ना६३प ९६७८ नम्बरको मोटरसाइकल, ५० हजार रुपैयाँ नगद, मोबाइल पाँचथानलगायत सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्